दफा
अनुवाद वापतको पारिश्रमिक सम्बन्धी व्यवस्था

(१) नेपाल कानून अनुवाद गरे बापत आयोगले निर्धारण गरेको ढाँचामा कायम हुन आउने पेज बराबर प्रति पेज रु ५००।– (अक्षरेपी
पाँच सय रुपैयाँ) का दरले पारिश्रमिक दिइनेछ । यस्तो पारिश्रमिकको दररेट आयोगले मूल्याङ्कन गरी मूल्याङ्कन बमोजिम समय सापेक्ष वृद्धि गर्न सक्नेछ ।
(२) अनुवाद परीक्षण गरे वापत विज्ञलाई प्रति पेज रु २५०।– (अक्षरेपी दुई सय पचास रुपैयाँ) का दरले पारिश्रमिक दिइनेछ ।